काठमाडौं, १८ माघ–हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको छ ।

यतिखेर देशका पहाडी भूभागका थोरै र तराईका अधिकांश भूभागहरुमा हुस्सुरकुहिरो लागेको छ । अरु भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नम्बर-१ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार बिहान ५ बजेर ४५ मिनेटमा गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस रहेको छ । यद्यपि, महाशाखाले बिहान ८ बजेर ४५ मिनेटमा गरिने मापनलाई आधिकारिक मान्ने गरेको जानकारी दिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *