एजेन्सी, १८ माघ–चीनले कोरोना भाइरस रोकथाम गर्न १६ प्रकारका भ्याक्सिन बनाइरहेको जानकारी दिएको छ।

सरकारी स्वामित्वको ग्लोबल टाइम्समार्फत चीनले यससम्बन्धी जानकारी दिएको हो। हाल कूल १६ थरी भ्याक्सिन क्लिनिकल ट्रायलमा रहेको र ती मध्ये ७ वटा भ्याक्सिन परीक्षणको तेस्रो चरणमा रहेको बताइएको छ।

तेस्रो चरणको परीक्षणपश्चात खोपहरू मानिसलाई लगाइने गरिएको छ।

सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरमा कोरोना भाइरसको पहिलो मामिला भेटिएको थियो। त्यहाँबाट शुरु भएको भनिएको महामारीले यतिखेर विश्वलाई नै लपेटिसकेको छ।

चीनले शुरुवाती चरणमै लकडाउन गरी नियम पालनामा कडाइ गरेको थियो। गत अप्रिलमै कोरोनाको इपिसेन्टर वुहानमा लकडाउन खोलिएको थियो।

षड्यन्त्रकारी सिद्धान्तकार (कन्सीपेरी थियोरिष्ट) हरूले चीनले नै ल्याबबाट कोरोना भाइरस फैलाएको आरोप लगाउने गरेका छन्।

अमेरिकालगायत पश्चिमा मुलुकहरूले समेत यही सिद्धान्तलाई अनुशरण गर्दै चीनमाथि यस्तो आरोप लगाउने गरेका छन्।

कोरोना विरुद्धको खोप तत्काल बनाउन चीनमाथि विश्वव्यापी दबाब परिरहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *