काठमाडौँ, १८ माघ–प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धको प्रदर्शनमा सहभागी हुन कांग्रेसका भ्रातृ संस्थाहरूले आइतबार संयुक्त अपिल जारी गरेका छन् । १९ माघमा कांग्रेसका १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन हुँदै छ ।

प्रतिनिधिसभा विघटनमार्फत सर्वसत्तावादउन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता भएको मुद्दालाई अघि सारेर प्रदर्शन गर्न लागिएको संयुक्त अपिलमा उल्लेख छ ।

पार्टी सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायलाई प्रदर्शनमा सहभागी हुन अपिल गरिएको छ ।

सोमबार प्रदर्शन गर्ने कांग्रेस भातृ संगठनमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज रहेको बताइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *