काठमाडौं, १८ माघ–नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार २९ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ३ हजार ३०८ जनाको पिसिआर परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७१ हजार ७ पुगेको छ ।
आज ९आइतबार० थप २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गमाुउनेको संख्या २ हजार २९ पुगेको छ । हाल १०२ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा २८८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल १ सय ६८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् ।

१४३ जना आइसियु र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *