काठमाडौं, १८ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले भोलि (सोमबार) ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । मुख्यतः त्यसकै विषयमा बैठकमा छलफल हुन सक्ने साहले बताए ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाखमा निर्वाचन घोषणा गरेपछि नेकपा सडक संघर्षमा छ । गएको पुसमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधामन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको थियो ।

प्रचण्ड–नेपाल पक्ष प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *