शिबगञ्ज, १८ माघ–झापाको शिबसताक्षी–६ शिबगञ्जमा पहिलो पटक लोकसेवा पूर्व तयारी कक्षा सुरु हुने भएको छ । चालु आर्थिक बर्ष २०७७।०७८ अन्तर्गत वडा परिषदको निर्णयबाट बिनियोजित सामाजिक बिकास तर्फको बजेटबाट वडाभित्रका योग्यता पुगेकालाई लोकसेवा पूर्व तयारी कक्षा सुरु गरिने भएको हो ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाभित्रका योग्यता पुगेका बेरोजगार नागरिकको लागि खरिदार तहको लोकसेवा पूर्व तयारी कक्षा सञ्चालन गरिने भएको छ । वडाध्यक्ष कार्कीले पुरुषका लागि २१ बर्ष पुरागरी ३५ बर्ष ननाघेको र महिलाको हकमा २१ पुरागरी ४० बर्ष ननाघेका व्याक्तिहरुले कक्षामा सहभागि हुन पाउने बताउनुभयो । प्राप्त निवेदनहरु मध्ये ५० जनालाई छनौट गरिने र सो सुचना वडा कार्यालयमा सार्वजनिक गरिने छ ।

अध्यक्ष कार्कीका अनुसार शैक्षिक बेरोजगार व्याक्तिहरुको लागि यो सुर्वण अवसर हो । उनले भने–’झापाका स्थानीय तहमा लोकसेवा पूर्व तयारी कक्षा सञ्चालन शिबसताक्षी–६ ले पहिलो पटक गर्न लागेको हो ।’ लोकसेवा पूर्व तयारी कक्षाको लागि धेरै खर्च गरेर ठूला शहरहरुमा जानुपर्ने बाध्यतालाई सामाधान गर्न वडा कार्यालयको परिषद बैठकद्धारा यस्तो निर्णय गरिएको हो ।

२८ माघभित्रमा प्राप्त निवेदनहरुबाट छनौट गरी ५० जनालाई कक्षमा सहभागिता गराइने कार्कीले बताउनुभयो । कक्षामा सहभागि हुनका लागि निवेदन, नागरिकता प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र चारित्रिक प्रमाणपत्रको प्रतिलिपीसहित शिबगञ्जस्थित वडा कार्यालयमा उपस्थित हुनुपर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

वडा अध्यक्ष मनोज खुलाल कार्की

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *