काठमाडौं, ३० असार–नेपाल प्रहरीका एक बहालवाला डिएसपी रमेश बहादुर सिंहविरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति बिगारेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सिंहले प्रहरी निरीक्षकको ओहदा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रहरुमा समेत जन्म मिति सच्चाई झुठ्ठा विवरण उल्लेख गरी सरकारी लाभ लिएको अख्तियारको आरोप छ। उनलाई प्रचलित भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय हुन मागदाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *