दमक, १२ मंसिर–सुन्दर समाज नेपालले शुक्रबार विहान दमकमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो रक्तदान कार्यक्रममा १ सय ५५ पिन्ट रगत संकलन भएको छ ।

समाजकी अध्यक्ष एबम् दमककी युवा व्यवसायी बिन्दु सिटौला (लक्की) को नेतृत्वमा सो रक्तदान कार्यक्रम आयोजना भएको हो ।

महिला र बालबालिकाको न्याय र अधिकारसंगै समुदायमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आइरहेको सुन्दर समाज नेपालकी अध्यक्ष सिटौलाले देशभरका अस्पतालहरुमा पछिल्लो समय रगतको अभाव बढ्दै गएको बताईन् ।

रगत अभाव भएपछि अस्पतालहरुमा उपचारत बिरामीले ज्यान गुमाउने अवस्था सृजना नहोस भन्दै दमकमा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको सो अवसरमा बताईन ।

लक्कि इन्टेरियर डेकोरको सहयोग र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी, रक्तसंचार विभागका प्रमुख सिद्धार्थ दाहाल, जीवनचक्र समाजका अध्यक्ष गणेशप्रदाद गौतम, महिला नेत्री ओममाया आङ्दम्बेसहित सुन्दर समाज नेपालका पदाधिकारीहरु र कार्यसमितिका सदस्यहरु, आजिवन सदस्यहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी, महिला अगुवाहरु। सरकारी तथा गैरसकारी कर्मचारी, बुद्धिजिवी, व्यवसायी र सर्वसाधारणहरुले रक्तदान गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *