काठमाडौं, ३० असार–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नक्साअनुसार लिम्पियाधुरा सहितका भूमिमा हक कायम गर्न भारतसँग गम्भीर कूटनीतिक पहल थाल्नुपर्ने बताएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै ध्यान अयोध्यातर्फ मोडेकोमा असन्तुष्टि जनाउँदै कांग्रेसले नक्सामा समावेश भूमिमा हक कायम गर्न कूटनीतिक पहल गर्नुपर्ने बताएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारी र कालापानीमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

‘प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी,’ मंगलबार ट्वीट गर्दै शर्माले भनेका छन्, ‘हृदयमा छँदै छन् ञरामझ, चिन्ता राजु सदाहरूको गरौं। अयोध्या तिर ध्यान नमोडौं, संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौं !’

उनले प्रतिपक्षीले भूमि फिर्ताका लागि पहल गर्न सम्झाउने काम गरेको र बुझाउने जिम्मेवारी नेकपामा रहेको उल्लेख गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *