काठमाडौं, ३ जेठ–नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्या प्रकरण सदासदाको लागि रहस्यमय घटनाका रूपमा रहने अवस्थामा पुगेको बताएका छन्।

पार्टीले आयोजना गरेको मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै नेता खनालले राज्य र त्यतिबेलाको नेतृत्वको कमजोरीका कारण मदन भण्डारी र जीवराज आश्रितको हत्या प्रकरण रहस्यमय हत्याकान्डको रूपमा रहिरहेको बताएका हुन्।

उनले त्यतिबेला घटना कसरी भयो भन्ने प्रत्यक्ष प्रमाणहरू रहँदासमेत त्यसलाई सदुपयोग गरेर अनुसन्धानको आधार नबनाइएको बताए।

‘के अमर लामाले सम्पूर्ण कुरा थाहा पाएका थिएनन्रु उ आफै बाँचेको छ र जिप मात्रै खसाइएको छ। उसलाई सम्पूर्ण कुरा थाहा छ,’ खनालले भने,‘उबाट सत्य ओकलाउनु पर्ने थियो । त्यो काम राज्यले गर्न सकेन त्यसकारण यो घटना सदासदाका लागि एउटा रहस्यमय घटनाका रुपमा रहने स्थिति बनेको छ।’

नेता नेपालले उनीहरूको हत्याले नेपालको कम्युनिस्ट र देशभक्ति आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताए। दुई प्रमुख नेताहरुको हत्यापछि एमालेले अनेकौं चुनौतीको सामना गर्नुपरेको खनालले बताए।

उनले माओवादी सशस्त्र द्वन्द्वताका एमालेको झन्डै तीनसय होनाहार कार्यकर्ता मारिएको पनि बताए। ‘५० को दशकमा उग्रवामपन्थविरूद्ध कठोर संघर्ष गर्नुपरेको थियो। हामीले झन्डै तीन सय होनाहार क्रान्तिलाई घाँटी रेटेर मार्ने कामहरू भए,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *