आइन्द्रविक्रम केरुङ

दमक, २२ कार्तिक–नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नविसंघ) बाट राजनीति जीवन सुरु गरेका आइन्द्र विक्रम केरुङ झापाको दमकमा प्रभावशाली र स्थापित युवा नेता हुन् । विद्यार्थी जीवनमै लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरिसकेका नेता केरुङले दमक बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएर काम गरिसकेका छन् ।

हालः पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधीको रुपमा जिम्मेवारी निर्वाह गरिरहेका उनै नेता केरुङले महासमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी पार्टीको १३औं र १४औं महाधिवेशन महासमिति सदस्यमा निर्वाचित हुन् ।

महासमिति सदस्यका लागि तोकिएको आदिवासी जनजाति कोटाबाट उम्मेदवार बनेका केरुङका पार्टीमा नयाँ उर्जा र कांग्रेसमा पुनः जागरणका लागि आफनो उम्मेदवारी रहेको बताए । महासमिति चुन्नका लागि बिहिबार मतदान हुदै छ ।

दमकलाई कर्मथलो बनाएर राजनीतिमा सक्रिय नेता केरुङको राजनीतिक पृष्ठभुमि नेविसंघ हो । बिद्यार्थी राजनीतिमा सक्रिय हुँदा उनले नेविसंघमा बिद्यार्थीहरुलाई आवद्ध गराई लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर भुमिका निर्वाह गरेर महत्वपूर्ण योगदान पुरयाएका थिए ।

दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा पहिलोपटक नेता केरुङले नेविसंघको झण्डा फहराउन सफल भएका थिए । नेता केरुङ पार्टीको यसपटक हुन लागेको महासमिति सदस्यका लागि आफनो योग्यता पुगेको ठान्छन् ।

महासमितिमा युवा सहभागिताका लागि पनि आफनो उपस्थिति आवश्यक भएको बताउँउदै सालिन र सरल स्वभावका धनी केरुङ पार्टी कार्यकर्ताहरुमाझ लोकप्रिय व्यक्तित्वका रुपमा परिचित छन् ।

नेपाली राजनीतिमा कांग्रेसको भुमिका सशक्त बनाउन पार्टीमा युवा पुस्ताको उदय भइसकेकाले आफनो उम्मेदवारी त्यसैको परिणामका रुपमा रहेको केरुङको तर्क छ । पार्टीमा पाकाहरुको आशिर्वाद र युवाहरुको साथ आवश्यक भएको बताउँदै युवा नेता केरुङ भन्छन्,–‘अव युवाको भुमिका हस्तक्षेपकारी हुनुपर्छ ।

मेरो उम्मेदवारी त्यसैका लागि पनि हो ।’ यस क्षेत्रका क्षेत्रीय प्रतिनिधि,वडा सभापति,नगर सभापतिहरुले साथ र सहयोग गरिदिनु हुने छ भन्ने विश्वास उनको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *