काठमाडौँ, २१ कार्तिक–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले गत शुक्रबार जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पमा परी घाइते बनेका बिरामीहरुका निम्ति रगत संकलन गरेको छ।
मंगलबार नेकपा .एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा पार्टीकी केन्द्रीय सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री प्रमुख आतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।
संगठनका अध्यक्ष कृष्ण बिकका अनुसार नेपाल रेडक्रशको केन्द्रीय कार्यालयमा कार्यरत स्वाथ्यकर्मीको सहजिकरणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ जना युवा नेताहरुले रक्तदान गर्नु भएको छ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते बनेका बिरामीहरुको लागि रगतको अभाव भएको खबरपछि युवा संघले काठमाडौँमा रहेका युवा नेताहरुलाई रक्तदानका निम्ति आह्वान गरेको थियो।
