दमक, २४ कार्तिक–दमकको दक्षिणी क्षेत्रमा सञ्चालित सेतुमारी बजारको फोहोर ब्याबस्थापनका लागि दमक उद्योग बाणिज्य संघले डस्बिन उपलब्ध गराएको छ ।

दमक उद्योग बाणिज्य संघले आज (शुक्रबार) एक कार्यक्रमबीच सेतुमारी बजारको फोहोर ब्याबस्त्थापनमा सहयोग पुर्याउने उदेश्यले चार थान डस्बिन उपलब्ध गराएको हो ।

सो सामाग्री संघका वरिष्ठ उपाध्यक्ष राजु खडका लेखा समिती सदस्य पदम राउत समेतको उपस्थितीमा सेतुमारी बजार ब्याबस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा सेतुमारी बजार ब्याबस्थापन समितिका उपाध्यक्ष नगेन्द्रमणी न्यौपाने, सहसचिव कृष्ण सुवेदी समेतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *