दमक, २४ कार्तिक–सेवा निवृत्त शिक्षकहरुको शैक्षिक जीवनी समेटिएको पुस्तक ‘आकाशगंगा मुन्तिर’ बिमोचन गरिएको छ । सेर्गेम प्रकाशन गृह दमकले शुक्रवार एक कार्यक्रम गरि ‘आकाशगंगा मुन्तिर’ कृतिको साझा प्रकाशनका पूर्व महाप्रबन्धक तथा बरिष्ठ साहित्यकार डा.तुलसी भट्टराईले बिमोचन गरे ।

कृतिमा ३५ जना सेवा निवृत्त शिक्षकहरुको शैक्षिक जीवनी समेटिएको छ । कृतिले नेपाली शिक्षण अवस्थाको बिगतको इतिहासलाई समेट्न सकिने पुस्तक प्रकाशन समितिका सम्योजक कमलराज भट्टराईले जानकारी दिए ।

दमकमा अग्रज शिक्षासेवी मेघराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पुस्तकका प्रधान सम्पादक समेत रहेका प्राध्यापक डा। गोविन्दराज भट्टराईले गरेका थिए ।

पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक मोहन भण्डारी, प्रध्यापक धनन्जय बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने बरिष्ठ हाँस्यब्यंग्य कवि लक्ष्मण गाम्नागेले कविता प्रस्तुत गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *