विराटनगर, २७ कार्तिक–लक्ष्मीपुजाको आगो सल्किँदा मोरङको उर्लाबारीमा २७ जना घाइते भएका छन् । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका ७ स्थित दिपक कार्कीको घरका सञ्चालन गरिएको सुन पसलमा भएको आगो निभाउन जाँदा प्रहरी र सर्वसाधरण घाइते भएका हुन्।

इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार आगो निभउाने क्रममा २७ जना घाइते भएका छन्। घाइतेहरु मध्ये केहीको विराटनगरको आर्या अस्पताल, केहीको विर्तामोडको वि एण्ड सी,केहीको उर्लाबारीको अरनिको र केहीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेकार सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोको मुस्लो उनीहरुमाथि सल्किँदा घाइते भएका थिए। केहीको अवस्था गम्भीर र केही सामान्य घाइते भएका छन्।

आगो नियन्त्रणका लागि भएपछि आधा दर्जन दमकलले आगो नियन्त्रणमा लिएका थिए। आगो राती १२ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *