फाक्तेक (शिबसताक्षी), २७ कार्तिक–झापाको शिवसताक्षी ७ फाक्तेपमा रहेको बालसेवा आधारभुत बिध्यालयका पुर्व बिध्यर्थीहरुले बुधबार पुनः मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बालसेवा आधारभूत विद्यालयमा अध्ययन पुरा गरेका ‘पुर्व बिध्यर्थीहरु एक हौ, बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग गरौ’, भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयका पूर्व विद्यार्थी तथा हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले जानकारी दिए । सो कार्यक्रमको उद्घाटन शिवसताक्षी–८ को वडा अध्यक्ष सन्तकुमार फेवदिनले गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्दै वडा अध्यक्ष फेवदिनले पुर्व विद्यार्थीहरुले पुरानो बिध्यर्थीहरुलाई एकीकृत गरि भेट्घाट गरिने अवसर मिलाउनु अतिनै प्रशङ्शा योग्य भएको बताए । उनले ‘पुर्व बिध्यार्थी एक भए बिध्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो भुमिका हुने भन्दै यस्ता कार्यक्रमलाई सफल बनाउन स्थानीय सरकारको पनि भुमिका हुने बतए ।
त्यस्तै, कार्यक्रममा पुर्व बिध्यार्थीहरुबीच अन्तरक्रिया समेत गरियेको थियो । देशका विभिन्न ठाउमा रहेर ब्यापार ब्यबसाय, रोजगारी, सरकारी सेवा, सरकारी जागिर गर्दै आएका र अध्ययन तथा श्रम रोजगार गरि चाड पर्वको अवसरमा घर फर्किने भएकले पनि पुर्व विद्यार्थी मिलान तथा शुभकामना आदन-प्रदान कार्यक्रमको आयोजना गरिएको बालसेवा पुर्व बिध्यार्थी मन्चका अध्यक्ष तथा लालझोडास्थित भानु माध्यमिक विद्यालयका शिक्षक फणीन्द्रराज चेम्जोङले बताए । चेम्जोङका अनुसार यस बिध्यालयले आफू लगायत द्शौ हजारलाई कखरा शिकाउदै अक्षर चिनाउने काम गरेकोले यो बिध्यालयको शैक्षिक गुणस्तरीयताको विभिन्न पाटोमा सहकार्य गर्नको लागि नै बालसेवा पुर्व बिध्यार्थी मन्च गठन गरिएको बतए ।
बिध्यलयले यहि बर्ष स्वर्ण महोत्सव समेत मनाउन लगेको छ । २०३० सालमा स्थापना भएको बिद्यलयले विभिन्न आरोह अबरोह पार गर्दै हाल नगरको एक अब्बल बिध्यालयको रुपमा स्थापित गर्न सफल भएको छ ।
सो अवसरमा बिध्यलय स्थापना गर्दाको चुनौती , स्वीकृत गर्दाको अवस्था लगायत विभिन्न विषम परिस्थितिलाई चुनौती र समना गर्नु परेको अवस्थाको सस्थापक अध्यक्ष जितेन्द्रराज चेम्जोङले धारणा रखेका थिए ।
त्यस्तै, बिध्यालयका प्रधानध्यपक बेनुप्रसाद कार्कीले बिध्यलयको आर्थिक ,प्रशासनिक भौतिक शुधार लगयत पुर्व बिध्यार्थिहरुले खेल्नु पर्ने भुमिका अतुलनीय रहने भएकोले निरन्तरता दिन आग्रह गरे ।
हाल यश बिध्यलयमा ६० प्रतिशात बिध्यर्थीहरु पुर्व बिध्यर्थी कै सन्तान रहएको बताइएको छ । कक्षा नर्सरीदेखि कक्षा ८ सम्मनै अङ्ग्रेजी माध्यमद्वारा अध्यापन भइरहेको यस बिध्यालयको प्रधानध्यापक बेनु प्रसाद कार्की र बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन पनि यहि बिध्यलयका पुर्व बिध्यार्थी हुन ।
दुई सय भन्दा बढी पुर्व बिध्यार्थीहरुको सहभगिता रहेको कार्यक्रममा स्थानीय बिकास चोक सास्कृतिक समुहका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कर्यक्रमको स्वागत मन्तब्य मन्चका सदस्य याम बहदुर राई (सन्जु) ले गरेको कार्यक्रमको सन्चालन सचिब जसकुमार तामाङ्गले गरेका थिए । 
