झापा, २८ कात्तिक–प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै जताततै यसैको चर्चा छ । राजनीतिक दलका चल्ता पूर्जाहरुले पनि यसको विरोध गरिरहेका छन् भने समर्थन गर्नेको कमी छैन ।
चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँदै आएको यस एपमा प्रतिबन्ध लगाउने देशको संख्या २७ पुगेको छ । सामाजिक सञ्जालमा टिकाटिप्पणी सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले यस्ता निर्णय लिएका सरकार तथा राज्यहरूको सूची नै सञ्चारमाध्यमलाई उपलब्ध गराएको छ।
नेपालसँगै बेलायत, अमेरिका, न्युजिल्यान्ड, क्यानडा, ताइवान, बेल्जियम, डेनमार्क, पाकिस्तान, अफगानिस्तान, भारत, सोमालिया, अर्मेनिया, अजरबैजान, बंगलादेश, इन्डोनेसिया, इरान, जोर्डन, अस्ट्रिया, इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, लाटभिया, माल्टा, नेदरल्यान्ड, नर्वे र स्ट्रेलिया गरी २७ वटा देशले टिकटक प्रतिबन्ध लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

