काठमाडौँ, २८ कार्तिक–यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत भोलि (बुधबार) बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने छ ।
शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार गाई पूजा, आज गोवर्द्धन पूजा र म्ह पूजा मनाइँदै छ ।
