काठमाडौँ, ३० कार्तिक–तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा १६५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद गरेको छ।

यही कात्तिक ११ गतेदेखि आज ९बिहीवार० बिहानसम्म काठमाडौँका १३, ललितपुरका ४ र भक्तपुरका २ स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले ६९ बुक तास, २० हजारको एक थान चेकसमेत बरामद गरेको छ।

सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा ८ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो।

उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट ८ करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो।

आगलागीमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मृत्यु भएको थियो। लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो।

सोही अवधिमा भएका सडक दुर्घटनामा ७ जनाको मृत्यु र ३३० जना घाइते भएका थिए। करिब १ करोड बराबरको धनमाल चोरी भएको र शङ्कास्पद ७ जनालाई पक्राउ गरिएको थियो।

प्रहरीले जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *