दमक, ४ मङसिर–भट्टराई कुलवंश प्रतिष्ठानको कुल पूजा (देवाली) आगामी पुष १ गतदेखि ९ गतेसम्म आयोजना हुने भएको छ । प्रतिष्ठानले हरेक तिन-तिन बर्षमा दमकमा हुदैआएको कुलपूजा यसवर्ष पनि भव्य रुपले सम्पन्न गर्न आवश्यक तयारी थालिएको कुलपूजा मूल आयोजक समितिका संयोजक समेत रहेका प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।

प्रतिष्ठानको आज सम्पन्न केन्द्रीय समितिको बैठकले कुलपूजालाई भब्य बनाउन तयारी स्वरुप एक दर्जन बढी बिभिन्न उपसमितिहरु गठन गरि काम सुरु गरिएको प्रतिष्ठानका महासचिव चन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

कुलपूजा अन्तर्गत प्रतिष्ठानको केन्द्रीय कार्यालय रहेको दमक-४ स्थित बशिष्ठ आश्रममा पुष १ गते ७ गतेसम्म बैदिक विधिबाट कुलपूजा, ८ गते मण्डल निर्माण, बोका पर्सिने साथै ९ गते वलि दिने कार्यक्रम तय गरिएको छ ।

कुल पुजा बैदिक र तान्त्रिक दुवै विधिबाट गरिने भएकाले वलि नदिनेहरु पनि सहभागी हुने कुल पूजा प्रचार समिति सदस्य गिरिराज भट्टराईले जानकारी दिए ।कुलपूजामा देश तथा बिदेशबाट भट्टराई परिवारका साथै कुल कुटुम्ब गरि हजारौं सहभागि हुने छन् ।

भट्टराई कुलपूजामा आफ्नो मनोकांक्षासहित भाकल गर्ने अन्य परिवारका सदस्यहरु पनि कुलपूजामा सहभागी हुन आएकाले उनीहरुको बासका लागि करिब १ हजार टहरा निर्माण गरिने कोषाध्यक्ष मनोज भट्टराईले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *