भद्रपुर, ११ मंंसिर–भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकाले अंक बाँडेका छन् ।
आज भएको पहिलो खेलमा शिवसताक्षी र अर्जुनधाराको खेल १–१ गोल मा सकिएको थियो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा बराबरीसँगै शिवसताक्षी र अर्जुनधाराले एक–एक अंक जोडेका छन् ।
खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका निखिल तामाङ भए । आज भएको दोस्रो खेलमा झापा गाउँपालिका विजयी भयो । झापाले भद्रपुर ब्लेजर्सलाई १–० गोल अन्तरले हरायो । खेलको प्लेयर अफ दि म्याच झापाका मर्गुस किस्कू भए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् ।
त्यस्तै, प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
