झापा, ५ पौष–बडि अफ क्राइस्ट मिनिस्ट्रिजको आयोजनामा झापा र मोरङका करिब ६२ जना विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

कतिपय बालबालिका आर्थिक अभावका कारण न्यानो कपडा किन्न नसक्ने भएकोले जाडो मौसममा चिसोको कारण अकालमा मर्ने धेरै घटनाहरु देख्न र सुन्ने गरिन्छ ।

येशु ख्रिस्टको जन्मोत्सव ख्रिस्टमसको अवसरमा विपन्न बालबालिकाहरुलाई बडि अफ क्राइस्ट मिनिस्ट्रिजद्वारा जाडोमा राहत होस भन्ने हेतुले मोरङको दोभाना, दलेलि र दमक गरि ६२ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको कार्यक्रम संयोजक पास्टर प्रकाश सुन्दाशले बताए ।

वितरण कार्यक्रममा मिनिस्ट्रिको सचिव पास्टर डिकेन्द्र बस्नेत, कोषाध्यक्ष एल्डर राकेश सुन्दाश र सदस्य पास्टर दानियल तामाङको उपस्थित रहेको थियो ।

मिनिस्ट्रिको संस्थापक डिकन पत्रुश तामाङले भने नानीहरूको अवस्था एकदमै नाजुक तथा विजोग देख्न नसकेर, अति नै आवश्यक जस्तो लागेर सबै कुरा दिन नसके पनि केही लाउने कपडा दिएर सहयोग गर्ने साथै ख्रिस्टको प्रेम झल्काएको बताए ।

सो वितरण कार्यमा अमेरिका निवासी तथा बडि अफ क्राइस्ट मिनिस्ट्रिको संस्थापक डिकन पत्रुश तामाङ र सल्लाहकार पास्टर विकाश तामाङले आर्थिक सहयोग गरेका हुन ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *