झिलझिले, ५ पौष–झापाको शिबसताक्षी–७ मिलन चौकमा यहि शनिबार चासोक तङनाम तथा न्वागी पुजा भब्यताका साथ मनाइने भएको छ । मिलन साँस्कृतिक परिवारले आयोजना गरिएको चासोक तङनामलाई भब्यताका साथ मनाउन लागिएको आज (विहिबार) पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारी र व्यवस्थापनका बारेमा जानकारी गराइको छ ।

चासोक तङनामको अवसर पारेर त्यहाँ वृहत साँस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारद्धारा साँगीतिक कार्यक्रमसहित किराँतहरुको मौलिक भेषभुषा, संस्कार। सँस्कृति,। विभिन्न परिकारका खानपान, केलाङ, धाननाच र खेलहरु सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष राज खजुमले जनाउनुभएको छ ।

आज (बिहिबार) धरमपुरस्थित मंगलबारे बजारको डी–क्याफेमा मिलन साँस्कृतिक परिवारले पत्रकार सम्मेलन गरेर चासोक तङनाम भब्यताका साथ मनाउन विभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ । पत्रकार सम्मेलनमा मिलन साँस्कृतिक परिवारका अध्यक्ष खजुमले चासोक तङनाम कार्यक्रमको तयारी, त्यसको व्यवस्थापन लगायतको बारेमा बताउनुभएको छ ।

स्थानीय स्रोत र साधनले पाँच वर्ष अघिदेखि मिलन साँस्कृतिक परिवारले चासोक तङनाम मनाउदै आइरहेको कार्यक्रम संयोजक तथा शिबसताक्षी ७ का पूर्व वडा अध्यक्ष नबीन इजमले जानकारी दिनुभयो । कार्यक्रम संयोजक इजमले विगतको वर्षमा जस्तै यस वर्षमा पनि चासोक तङनाम भब्यतका साथ लाग्नुपर्नेमा जोड दिए । चासोक तङनामको उद्घाटनका लागि नगर प्रमुख रोशन थोप्रा आउनुहुने इजमले बताए ।

सो कार्यक्रममा गायक दीपक लिम्बु र मन्ध्ुम गायीका गंगा फ्यिाकद्धारा बेजोड साँगीतिक प्रस्तुती रहने आयोजक संस्थाका सन्तोष थेगीमले जानकारी दिए । त्यस्तैं, सोही अवसरमा केलाङ, च्याब्रुङ र धान नाँच समेत प्रस्तुति रहने छ भने तोङ (धनु काँण), पः लुङ (छेला) खेलहरु सञ्चालन गरिने भएको छ ।

यता, कार्यक्रम सम्पन्न गर्न अनुमानित रु ५ लाख खर्च हुने आर्थिक संयोजक अम्बरसिंह आङदम्बेले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न देश तथा विदेशमा बसोबास गर्नुहुने र स्थानीयवासीले स्वच्छिक सहयोगबाट सङ्कलित रुपैयाले खर्च गरिने भएको आङदम्बेले बताए । आर्थिक संयोजक आङदम्बेका अनुसार कलाकार, स्ेटज निर्माण, मञ्च सजिसजावट, साउण्ड सिस्टम, अतिथी सत्कार, प्रचारप्रसार, छपाई, फलफूल, स्टल निर्माण लगायतका शिर्षकमा खर्च हुने छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *