काठमाडौँ, १२ पौष–नेकपा (एकीकृत समाजवादी) का ५० जना नेताले मरणोपरान्त अंगदान गर्न स्वीकृति दिएका छन् । सो पार्टीको ७० औँ सचिवालय बैठकले मरणोपरान्त अंगदान गर्न अभियानकै रुपमा अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार बिहीबार सम्म ५० जना नेताले अंगदानका लागि आवश्यक फर्म भरेर स्वीकृति दिएका हुन् ।

एकीकृत समाजवादीको जारी केन्द्रीय समिति बैठकमा सहभागी नेताहरुले अंगदानका लागि स्वीकृति दिएको सो पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । त्यसका लागि बिहीबार बैठक स्थलमै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डा। पुकार श्रेष्ठ नेतृत्वको टोलीले सचिवालय सदस्य लगायतका नेताहरुको फर्म भरेको छ ।

‘मानिसहरुले सहज रुपमा अंग दान गर्न पाउनुपर्छ भन्ने मान्यता अनुसार हामीले पार्टीभित्र अंगदानका लागि अभियानकै रुपमा चलाउने घोषणा गरेका छौ । सोही अनुसार ५० जना नेताहरुले स्वीकृति दिइसक्नु भएको छ ’, नेता श्रेष्ठको भनाइ ।

कलेजो, किडनी लगायतका समस्याबाट मानिसहरु पीडित भएर मृत्युवरण समेत गर्नुपरेको अवस्थालाई ध्यानमा राखेर कोही पनि मानिस अंग नपाएर नमरोस् भनेर यस्तो अभियान चलाएको एकीकृत समाजवादीको भनाइ छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *