डिकेन्द्र बस्नेत/दमक, १२ पौष–क्लियोप्यट्रा इभेन्टसको प्रस्तुतिमा ‘मिस आर्टिस्ट्रि सिजन-३’ दमकस्थित कस्मिक पार्टी प्यालेसमा सोमबार सम्पन्न भएको छ।
जसमा जुनियरमा १२ वर्ष मुनिका ‘जुनियर मिस आर्टिस्ट्रि’ र १२ वर्षदेखि १६ वर्षकालाई ‘मिस आर्टिस्ट्रि’ गरि दुई विद्यामा छुट्टयाइएको थियो। ४४ जना प्रतिस्पर्धी मध्ये १५ जना अन्तिम चरणमा प्रवेश गरेका थिए ।
मिस आर्टिस्ट्रिको सिजन ३ को विजेता स्नेहा दाहाल (सप्तश्री एकेडेमी) भएकि छिन। यस प्रतियोगिताको फर्स्ट रनर अपमा अदिती ढकाल (विद्यालक्ष्मी बोर्डिङ), सेकेन्ड रनर युरेका घिमिरे (सूर्योदय बोर्डिङ), थर्ड रनर अप मनिला दाहाल, चौथो धावक सारिका पराजुली, आयोजक छनोट ऋतु गौतम र पब्लिक च्वाइस सेरेना लिम्बु पर्न सफल भइन् ।
यस्तै, जुनियर मिस आर्टिस्ट्रिको विजेता लक्सी श्रेष्ठले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सिजन-३ को उपाधि हात पारेकि छिन।
फर्स्ट रनर अपमा उनिषा राई, सेकेन्ड रनर अप दिउर्क्मा गिरी, थर्ड रनर अप नोरा सिजाली, चौथो रनर अप करुणा पौडेल, आयोजक छनोट सञ्जिता मगर, र सार्वजनिक छनोटमा यकास्ना विश्व विजयी भएका छन।
सोमबार सम्पन्न कार्यक्रमको जर्ज प्यानलमा रोनक अग्रवाल, अस्मिता ओली श्रेष्ठ, डाक्टर सिला भण्डारी, सौरभमान भण्डारी, सोनिया गुरुङ रहेको कलियोपेट्रा इभेन्टसका अध्यक्ष प्रविण पाठकले जानकारी दिएका छन ।
मिस आर्टिस्ट्रिद्वारा बालबालिकाहरुमा व्यक्तित्व र नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने यसको मुल उदेश्य हो र समाज विभिन्न तरिकाले सचेतना गर्नु रहेको कलियोपेट्रा इभेन्टसका अध्यक्ष पाठकले बताए।
मिस आर्टिस्ट्रि सिजन ३ को विजेताले एक लाखको पुरस्कार, थाइल्याण्ड टुर, छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र पाएका छन । उक्त इभेन्ट तृष्णा रेग्मीले होस्ट गरेकि थिइन ।
लक्कि इन्टेरियर डेकोरको प्रयोजनमा थाइल्याण्ड भ्रमणको लागि विजेता स्नेहा दाहाल, लक्सी श्रेष्ठ र सञ्जिता मगर जाने भएका छन।
यस इभेन्टको मूख्य प्रायोजकमा, दमक फन जोन, नेक्सट एजुकेसनल कन्सलटेन्सि, दमक फन पार्क, गौरव बुटिक र मौनदिप मोबाइल रहेको छ।
विजेताले कम्बोडियामा हुन गइरहेको मिस प्लानेट २०२४ मा सहभागी हुने अवसर पाएको छन।
