झिलझिले, १३ पुस–जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने दुई बजे हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ दुधे बस्ने ४५ बर्षीय मेघराज राईको मृत्यु भएको हो ।
मध्यरातमा हात्तीले घर भत्काउन थालेपछि धपाउने क्रममा हात्तीले राईलाई आक्रमण गरेको थियो । राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
हात्तीको तोडफोडबाट एक लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

