शेषराज न्यौपाने/युएई (दुबई), २२ पौष–झापाली समाज युएईको आयोजनामा रमाईलो बनभोज कार्यक्रम सम्पन्न भएको छ । सन २०१५ मा स्थापना भएको समाजले हरेक बर्ष झै यस वर्ष पनि भब्य र सभ्य तरिकाले आफ्ना सदस्य तथा युएईमा कार्यरत नेपालीहरुलाई भेला गरी दुबईको मुशृफ पार्कमा करिब ४०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा युएईमा कार्यरत विभिन्न ब्याक्तित्वको उपस्थिति रहेको थियो साथै युएईका सामाजिक अभियन्ता तथा टिकटकमा भाईरल रहेका फुलेबुडा भनेर चिनिने नवराज पाण्डेको समेत उपस्थितिले बनभोजलाई थप मनोरञ्जनमुलक बनाएको थियो ।

बनभोज कार्यक्रम बिहान ११ बजेबाट औपचारिक रुपमा समाजका माहसचिब लोकेस कोईरालाबाट संचालन गरिएको थियो । बनभोज कार्यक्रममा कार्यक्रमका संयोजक रामकुमार राउतको सभापतित्वमा संचालन भएको थियो भने प्रमुख अतिथिका नेपाली समजका अध्यक्ष वेदप्रसाद अर्याल उपस्थित भएर युएईका सक्रिय सामाजिक संस्थाका रूपमा झापाली समाज युएई रहेको र झापाली समाज युएईका पदाधिकारीहरुले सकारात्मक भुमिका निर्वाह गरेको आफ्नो मन्तव्यको क्रममा बताएका थिए ।

यसै नेपाली समाज युएईका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद सापकोटाको बिशेष उपस्थितिमा बनभोज कार्यक्रम सम्पन्न भएको थियो । झापाली समाज युएईका पुर्वअध्यक्ष अशोक चापागाईं, अतिथीहरु झापाली समाज युएईका अध्यक्ष अमर राई, झापाली समाजका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेल, झापाली समाज युएईका सल्लाहकार रघुनाथ ढुंगेल, नेपाल पत्रकार माहासंघ युएईका अध्यक्ष मेघराज सापकोटा, एनआरएनए युएईका उपाध्यक्ष फडिन्द्र ढकाल, झापाली समाज युएईका अबुधाबी, अलएन, सारजा, राक, क्षेत्रका अध्यक्ष तथा पदाधिकारी तथा आजीवन सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

समाजको गतिविधिहरुको बारेमा प्रस्ट्याउदै समाजका पुर्व अध्यक्ष तथा बिशेष अतिथि अशोक चापागाईंले आफ्ना मन्तब्य राख्नु भएको थियो। साथै प्रमुख अतिथिबाट छोटो मीठो मन्तब्य राख्दै सभापति तथा समाजका अध्यक्ष अमरराज राईले बनभोज कार्यक्रमको औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो।
अनौपचारिक कार्यक्रमहरुमा विभिन्न खेलकुद लगायत नाचगान कार्यक्रम गरिएको थियो ।

नाचगान तथा भालेजुधाइ, म्युजिकल चियर जस्ता खेलहरु आयोजना गरेर उपस्थित सबैले रमाइलो गरेका थिए । विभिन्न खेलहरुमा बिजेताहरुलाई हिमाल रेमिटको तर्फबाट पुरस्कार सौजन्य गरिएको थियो । झापाली समाज युएईका सल्लाहकार रघुनाथ ढुंगेल, अबुधाबीमा भर्खरै संचालित बेस्ट बर्गर टाउन रेस्टुरेन्टको तर्फबाट पनि पुरस्कार सौजन्य गरिएको थियो ।

कार्यक्रममा झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेलको जन्मदिन परेका कारण अन्तर्राष्ट्रिय नेपाली समाज युएईको अग्रसरतामा उपहार प्रदान गरिनुका साथै दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज युएईका उपाध्यक्ष तथा ताप्लेजुङ सेवा समाजका पुर्व अध्यक्ष सोनी भण्डारी, इन्सका पदाधिकारीहरु श्री भवानी नेपाल, बिष्णु प्याकुरेल,भुपेन्द्र आचार्य कान्छौ,सहभागी भएर कविता, मुक्तक वाचन गरेका थिए । बनभोज कार्यक्रममा सारजा क्षेत्रीय समितिका सल्लाहकार भरत बुढाथोकीले रमाइलो मुक्तक र सारजा क्षेत्रीय सचिव बिमल शिवाकोटीले सुमधुर गीत प्रस्तुत गरेर धेरैको मन जितेका थिए ।

समाजले उक्त कार्यक्रमबाट करिब १ लाख रुपैयाँ बचत गरेको र उक्त रकम समस्यामा परेका नेपालीहरुको सहयोगका लागि खर्च गरिने आपतकालीन कोष मा जम्मा गरिने बनभोज कार्यक्रमका आर्थिक संयोजक रत्न सापकोटाले जानकारी दिएका छन् ।

कार्यक्रम सौहार्द वातावरणमा सम्पन्न भएकोमा सहभागी सबैलाई झापाली समाज युएईका अध्यक्ष अमरराज राईले आभार व्यक्त गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *