काठमाडौँ, २३ पौष–नेकपा (एकीकृत समाजवादी) का तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेद्वार दोलखाका नेता घनश्याम रिजाल विश्वकर्मा र दैलेखकी सावित्री मल्लले उम्मेदवारी दर्ता गराउनस भएको छ।

सोमबार रिजालले बागमती प्रदेश राजधानी डेटौडा र मल्लले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनर सुर्खेतमा उम्मेद्वारा गर्नु भएको हो।

पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालसहितको कार्यदलले बागमतीबाट रिजाल र कर्णालीबाट मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

गठबन्धनमा सहभागी दलले गरेको सीट बाँडफाँडमा एकीकृत समाजवादीको भागमा दुई सीट परेको थियो। त्यस्तै, नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६ र जनता समाजवादी पार्टी (जसपा) ले एक सीट पाएका छन्। राष्ट्रिय सभामा रिक्त १९ सीटका लागि आउँदो माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *