दमक, ९ माघ–पूर्व फुटबल खेलाडी, दमकको खेलकुदको विकासमा सक्रिय दमक–१ निवासी सामाजिक तथा राजनीतिक व्यक्तित्व गजेन्द्र देवान (गजु) ले एक जना शारीरिक अशक्तलाई एक थान ह्रीलचियर प्रदान गरेका छन् । इलाम, चुलाचुली–२ बाह्रकोठ्ठे निवासी शारीरिक अशक्त प्रकाश राईको घरैमा पुगेर देवानले ह्वीलचियर प्रदान गरेका हुन् ।

नेपाल सगरमाथा तेक्वान्दो दोजाङ दमकका सल्लाहकार संयोजक, नेपाली कांग्रेस दमक–१ का वडासभापति समेत रहेका देवानले चुलाचुली–२ की माया राईका छोरा प्रकाशलाई घरमै पुगेर ह्वीलचियर प्रदान गरेका हुन् ।

अशक्त युवाको दैनिक कष्टकर देखेपछि सहजताका लागि त्यस किसिमको सहयोगी सामाग्री वितरण गरेको उनले जनाएका छन् । सहयोगी मनका धनी देवानले यसअघि पनि आफूले यसकिसिमका सेवाका कार्यमा सहयोग पुरयाँउदै आएको बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *