रामकुमारी झाँक्री

कैलाली, २२ माघ–नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दलहरूले चुनावमा जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छन् ।

समाजवादी प्रेस संगठन कैलालीको आयोजनामा भएको पत्रकार सम्मेलनमा पूर्व मन्त्री समेत रहेकी एकीकृत समाजवादी सचिव झाँक्रीले शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा बसिरहेका नागरिकहरूको लागि दलहरूले जग्गा दिने भन्दै झूटको खेती गरिरहेको आरोप लगाइन् । ‘त्यस्ता ठाउँमा आधारभूत सुविधा दिन मिल्दैन’, उनले भनिन् ‘चुनावका बेला सबै सुविधा दिन्छु भनेर भोट माग्छन् । त्यो गर्नु गलत हो ।’

निर्वाचनको समय आफू पनि मन्त्रीसँग शुक्लाफाँटा गएको र त्यहाँ प्रत्यक्षमा रूपमा कानूनले वञ्चित गरेकै कुराहरू पनि नेताहरूले आश्वासन बढिरहेको उनले टिप्पणी गरिन् । ‘बफर जोनमा लालपुर्जा दिन पाइँदैन । सेन्सेटिभ जोन (संकटग्रस्त क्षेत्र) कहाँ हो सबै थाहा छ ।

हामीले अन्तर्राष्ट्रिय कानूनमा पनि हस्ताक्षर गरेका छौँ । त्यस्ता ठाउँमा झूटो बोलेर खाली भोट बैंक नबनाऔँ’, उनले नेताहरूलाई आग्रह गरिन् । विगतमा आफूले एक व्यक्ति एक पदका विषयमा उठाएका कतिपय सवालहरू गलत रहेको उनले स्वीकार गरिन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *