यौन चाहना र यौन उत्तेजनाबीच के भिन्नता छ ? के महिला र पुरुषमा यौन चाहना फरक हुन्छ ?
–यौन क्रियाकलापका लागि यौन चाहना हुनु आवश्यक छ । मानव यौन चाहनालाई जैविक, मनोगत वा सामाजिक तत्त्वले प्रभाव पारेको हुन्छ । सेक्स हार्मोन र यससँग सम्बन्धित न्युरो ट्रान्समिटरले टेस्टोस्टेरोन तथा डोपामिनको उत्पादनमाथि आ–आफ्नो प्रभाव पारी मानवीय यौन उत्तेजनालाई नियमन गर्छन् ।
सामाजिक तत्त्वमा व्यक्ति विशेषको काम, परिवार र कतिपय आन्तरिक कुरा पर्छन् भने मानसिक तत्त्वमा व्यक्तिको व्यक्तित्व र तिनको तनाव पर्छ । यसका साथै स्वास्थ्य स्थिति, औषधि सेवन, दैनिक क्रियाकलाप, सम्बन्धले पनि यौन चाहनालाई फरक पारिरहेको हुन्छ । र, मानिसको उमेरअनुसार यौन चाहना पनि बढी वा घटी हुन सक्छ ।
यौन चाहना हुँदैमा यौन सम्बन्ध कायम गर्ने वातावरण अनुकूल नहुन सक्छ । कतिपय बेला व्यक्तिगत, नैतिक, धार्मिकलगायत मूल्य–मान्यताका कारण यौन चाहना दबाउनुपर्ने अवस्था हुन सक्छ । मनोसामाजिक रूपमा एकातिर व्यक्तिको यौन चाहना दबाउनुपर्ने परिस्थिति हुन्छ भने अर्कोतिर खासै यौन चाहना नभईकन पनि विशेषतः महिला यौन क्रियामा आबद्ध हुनुपर्ने बाध्यता आइलाग्छ ।
यस्ता दुवै खाले परिस्थितिले मानसिक तनाव बल्झाउने र मनोरोग निम्त्याउने हुन्छ । सन् २००१ को एक अध्ययनअनुसार पुरुषमा यौन चाहना बढी देखिएको छ तर महिलाले आफ्नो यौन चाहना प्रकट गरी नहाल्ने बानीले पो यस्तो भएको हो । विशेषतः एसियाली देशका महिलामा ।
मानिसबीच आत्मीय सम्बन्ध गाँस्न वा कायम राख्न यौन सम्बन्धको विशेष भूमिका हुन्छ । आवश्यक यौन चाहनाको कमीले दाम्पत्य सम्बन्ध नै धरापमा पर्न बेर लाग्दैन । यौन चाहनामा आएको परिवर्तन वा यौन चाहनाको आवश्यकता एवं प्राथमिकताको सवालमा पार्टनर बीचको आपसी संवादको अभावमा सम्बन्ध बिग्रिन सक्छ ।
यौन चाहना बुझाउने शब्द ‘लिबिडो’ को नामाकरण सिग्मन्ड फ्रायडले गरेका हुन् । उनले यौन चाहनालाई भोकसँग तुलना गरेका छन्, जुन माया वा स्नेहको वशमा रहने एक प्रकारको शक्ति नै हो । उनका अनुसार मान्छेले सानै उमेरदेखि विभिन्न भावले यौन चाहना प्रकट गरिरहेको हुन्छ । फ्रायडका अनुसार ओठ, गुुदद्वार, लिंग विशेष हुँदै समग्रमै विभिन्न यौनांगमार्पmत यौन क्रियाकलाप प्रकट गरिरहेको हुन्छ । उदाहरणका लागि, काखे बच्चा आमाको दूध चुस्ने क्रममै यौन कार्यमा अभ्यस्त हुन थाल्छ ।
पूर्वेली मनोदशा बोकेका हामीलाई उनका कुरा बुभ्mन अलि कठिन र स्वीकार गर्न अप्ठ्यारो लाग्न सक्छ । सानो काखे बच्चाले दूध चुसिरहँदा आमाको स्तन खेलाइरहनुलाई कसरी लिनुहुन्छ रु अलि उमेरको भएपछि दिसा नियन्त्रण गर्ने बानीले गुदद्वारमार्पmत यौन आनन्द लिन्छन् भने किशोरावस्थामा पुगेपछि त यौन चाहना प्राप्त गर्ने विभिन्न तरिका भन्नै परेन । अतः फ्रायडका अनुसार मानिसको विकासक्रमको चरणअनुसार तिनीहरूको यौन चाहनाको उपयुक्त व्यवस्थापन भएन भने घातक परिणाम निम्तिन सक्छ ।
मस्तिष्कभित्र डोपामिनको क्रियाकलापकाले यौन चाहनालाई नियमन गर्छ । यसबाहेक टेस्टोस्टेरोन, इस्ट्रोजेन र अक्सिटोसिनले यौन चाहनालाई बढावा दिन्छ भने प्रोजेस्टेरोन र सेरोटोनिनले कमी ल्याउँछ । सेरोटोनिन डिप्रेसन गर्न पनि सघाउँछ ।
महिनाभरमा शरीरभित्रको जैविक चक्रअनुसार यी हार्मोनको मात्रा घटीबढी भएसँगै नियमित महिनावारी हुने महिला वा किशोरीमा अघिल्लो महिनावारीको चौबीसौँ दिनदेखि यस पटकको महिनावारीको चौधौँ दिनमा यौन चाहना बढी हुन्छ । यसैले गर्दा सन्तान उत्पादनमा पनि मद्दत पुग्छ । किनकि, महिलामा डिम्ब निष्कासन हुनेताका पनि यौन चाहना बढेको पाइन्छ ।
डिम्ब निष्कासनलगत्तै यौन चाहनामा क्रमशः घट्दै जान्छ र चरमसुख प्राप्त गर्न पनि कठिन हुँदै जान्छ । महिलामा डिम्ब निष्कासनपूर्व इस्ट्रोजेन बढ्दै जान्छ, रजनोवृत्ति ९महिनावारी सुक्नु० भएपछि यही हार्मोनको अभावमा योनिमार्ग सुक्खा हुन गई यौनसम्पर्क कष्टपूर्ण हुन्छ ।
पुरुषमा टेस्टोस्टेरोनले यौन चाहनालाई बढावा दिन्छ । एक अध्ययनबाट वयस्क पुरुषमा एक हप्तासम्मको यौनक्रियाको अभावमा टेस्टोस्टेरोन मात्रा उच्च रहेको पाइयो । टेस्टोस्टेरोनले महिलाको यौन रुचिमा पनि प्रत्यक्ष प्रभाव पार्छ । कतिपय महिलामा रजनोवृत्तिपछि टेस्टोस्टेरोनको मात्रा बढ्ने हुनाले यौन चाहना बढ्न जान्छ । पुरुष र महिलामा टेस्टोस्टेरोनको उत्पादन अलि फरक छ । पुरुषमा किशोरवयमा र महिलामा ३० को दशकमा टेस्टोस्टेरोनको उच्च उत्पादन हुन्छ । महिलामा १५–१६ लागेदेखि टेस्टोस्टेरोन उत्पादन हुन थालेर मध्य ३० को उमेरमा उच्च बिन्दुमा पुग्छ ।
गोपनीयता, आत्मीयताको अभाव, तनाव, थकान, डिप्रेसनलगायत कारणले यौन चाहनामा नकारात्मक असर पुर्याउँछन् । यसै गरी, विगतमा यौन दुव्र्यवहार, यौन हिंसा, शारीरिक चोट खेपेको, कसैबाट घृणा महसुस गरेको छ भने पनि यौनकार्यमा रुचि घट्न सक्छ । हाइपोथाइरोइड ९थाइरोइड ग्रन्थिको कामको कमी० को कारणले, कतिपय औषधि, पार्टनरप्रति आकर्षण नहुनुले पनि यौन चाहना कम हुन सक्छ । रक्तअल्पता, धूम्रपान, कतिपय औषधिले पनि यौन चाहना घटाउँछ ।
हल्का मद्यपानले निडर बनाई यौन क्रियाकलापमा सघाए पनि अधिक तथा लामो समयदेखिको मद्यपानले हानि पुर्याउँछ । हार्मोनयुक्त परिवार नियोजनका साधन, मनोरोग तथा डिप्रेसनविरुद्ध प्रयोग हुने एन्टी साइकोटिक औषधि, अफिमयुक्त एवं कतिपय उच्च रक्तचाप विरुद्धका औषधिले पनि यौन चाहना घटाउँछन् । कतिपय औषधिले यौन चाहना बढाउँछ पनि । कतिपय औषधि यस्ता छन्, जसले यौन चाहना बढाए पनि यौन उत्तेजना भने ल्याउन सक्दैन ।
कतिपय स्वस्थ मानिसले प्रत्येक दिन चार–पाँच पटक यौनसम्पर्क गरिरहेको हुन्छ भने अर्कोतिर महिना, वर्षमा पनि एकाध पटक यौन सम्बन्ध राख्ने पनि छन् । भनिन्छ, यौन चाहनाको समस्या महिलामा बढी छ । त्यसो त लिंग उत्तेजनामा नआउने र यौन चाहना नहुने फरक समस्या हो । महिलामा ठ्याक्कै यौन चाहना नहुनु र उत्तेजनामा नहुनु पृथक् कारण हुन सक्छ ।
सुत्केरीलगत्तै, स्त्री जननेन्द्रिय वरिपरि कुनै समस्या, योनिमार्गमा समस्या ९पातलो, कसिलो, सुक्खा हुनु आदि० कारणले यौनसम्पर्क गर्दा अधिक पीडा हुन्छ । त्यसैले कतिपय महिला यौन क्रियाकलापमा सहभागी हुन डराउँछन् । हाडजोर्नीको समस्या, क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या भएका तथा डिम्बाशय निकालिसकेका महिलामा पनि बिस्तारै यौन चाहना घट्दै जान्छ ।
