काठमाडौं, १९बैशाख–नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इंग्ल्यान्ड जाँदै छ।

मंगलबार बिहान ९ बजे उड्ने भनिए पनि भिसा नआएपछि नेपाली टोलीको इंग्ल्यान्ड भ्रमणमा ढिलाइ भएको हो। नेपाली टिमको टिकट तय गरिएको भए पनि खेलाडी त्यसतर्फ जान पाएनन्।

भिसा समस्या भएपछि दुई समय गरेर खेलाडी पठाउने तालिका थियो। तर, सबै खेलाडीको पासपोर्ट ढिलो प्राप्त भएका कारण भिसा एप्लाई गर्न नै ढिलाइ भएको थियो। जसका कारण खेलाडीको भिसा आउन समय लागेको जनाइएको छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०का महासचिव किरण राईका अनुसार खेलाडीसहितको टोली आज दिउँसो २ बजे कतार एयरवेज र इमिरेट्स एरलाइन्सबाट इंग्लायण्ड जाने छन्। ​

इंग्ल्यान्ड जाने टोलीमा ३० जना सदस्य छन्। जसमा खेलाडी २३ र सात अफिसियल रहेका छन्। सबै सदस्यलाई एकैपटक एउटै विमानमा पठाउन सम्भव नभएकाले दुई फरक विमानबाट पठाउन लागेको राईले जनाए।

नेपाली टिमले यही बैसाख २४ गते एल्डरसट टाउन फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *