दमक, १९ बैशाख–१३५औंं बिश्व मजदुर दिवसका अवसर पारेर आज दमकमा खुला रक्तदानमा ४६ पिन्ट रगत संकलन भएको छ ।

ब्ुधबार दमकमा स्वरोजगार हलुका सवारी श्रमिक संस्था तथा नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो कार्यक्रममा दुबै संस्थाका पदाधिकारीहरु, सदस्यहरु र सर्बसाधारणहरुले रगतदान गरेका थिए ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको रक्तदानमा उपप्रमुख रेगिना भट्टराई प्रसाईं लगायतले रक्तदानमा सहभागीहरुलाई प्रसंशा पत्र बितरण गरेका थिए ।

कार्यक्रममा दमक–६ का वडाअध्यक्ष टेकबहादुर थापा, २ का अध्यक्ष प्रजापति सापकोटा, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी निशान थापा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवि केसि, साथीभाइ समूहका अध्यक्ष गंगा सिटौला, मजदुर नेता बालकृष्ण श्रेष्ठ, नेपाल यातायात मजदुर संघका केन्द्रीय सचिव रमेशकुमार कामत (विस्वास) दमक ट्राफिक प्रमुख सुरेन्द्रकुमार खड्का, जीवन चक्र समाजका अध्यक्ष गणेशप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष बेनु प्रसाई, सचिव गणेश प्रधान, दमक क्याम्पस प्राध्यापक बिनोद चापागाईं, जेसिज अभियान्ता चन्द्र खत्री लगायतको उपस्थिति रहेको हलुका सवारी अध्यक्ष दिनेश भट्टराईले बताए ।

रक्तदान नेपाल रेडक्रस सोसाइटी दमक उपसाखा रक्तसञ्चार सेवा केन्द्रको प्राबिधिक सहयोगमा भएको थियो।

सोही अवसरमा दमकको टयाक्सीलाई ब्यबस्थित बनाउन हालको ठाउदेखि पुर्बतर्फ बसपार्कमा एकीकृत रुपले सारिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *