काठमाडौं, २० बैशाख–राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बिहीबार विविध कार्यक्रमका साथ मनाइँदैछ।

मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइन्छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संघसंस्थामध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार यो क्षेत्रको विकासका लागि दृढताका साथ अघि बढेको बताउँछिन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *