शिवगञ्ज, २० बैशाख–झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ६ शिबगञ्जस्थित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बिहिबार) वडा कार्यालय परिसरमा आयोजित भब्य समारोहबीच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
वडा कार्यालय भवनको उद्घाटनपछि आयोजित समारोहमा जग्गादान गर्नुहुने चार जना दानवीरहरुलाई मुख्यमन्त्री कार्कीले सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । सम्मानित हुने जग्गादाताहरुमा स्थानीय सुरज राजवंशी, दुर्गाप्रसाद गुरागाइँ, चन्द्रमणी पौडेल र देवनारायण भण्डारीलाई समारोहका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री कार्कीसहित शिबसताक्षी नगर उपप्रमुख नरमाया कार्की र वडा अध्यक्ष मनाज खुलाल कार्कीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गुर्नभएको थियो ।
राजवंशीले ७ कठ्ठा, गुरागाईले २ कठ्ठा, पौडेलले १ कठ्ठा र भण्डारीले १ कठ्ठा समेत गरी ११ कठ्ठा जमिन वडा कार्यालय निर्माणका लागि निःशुल्क उपलब्ध गराएका थिए । स्थानीय दाताहरुले संयुक्त रुपमा निःशुल्क उपलब्ध गराएको ११ कठ्ठा जमीनमा वडा कार्यालय, चमेना गृह, पार्किङ, बगैचासहित कवर्ड हल निर्माण भएको छ ।
वडा अध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षतामा भवन उद्घाटन तथा जग्गादाताहरु सम्मान समारोह सम्प्रन्न भएको थियो । सो अवसरमा वडाध्यक्ष खुलालले मुख्यमन्त्री कार्कीलाई समग्र वडाका विकासका योजनाहरुसहितको माग वाचन गरेर मुख्यमन्त्री कार्कीलाई बुझाउनुभएको थियो । वडाध्यक्ष कार्कीले कृषि, शिक्षा, स्वास्थ्य, सुरक्षा, सडक, सिचाई, वीउ, बिजन, मठमन्दिर, पुल,। कल्र्भट लगायतका दर्जनौ विकासका योजनाहरुका बारेमा जानकारी गराउनुहुँदै मागपत्र बुझाउनुभएको हो ।
कार्यक्रममा शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका स्काउट विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर उपप््रमुख नरमााया कार्की, कांग्रेस झापा सभापति देउकुमार थेबे, शिबसताक्षी–३ का अध्यक्ष भाष्कर न्यौपाने, ५ का अध्यक्ष सिकिन पासवान, ७ का अध्यक्ष गोपाल चेम्जोङ, ८ का अध्यक्ष सन्त लिम्बू, ९ का अध्यक्ष डिल्लीलाल फेम्बो लगायतको उपस्थिति थियो ।
त्यस्तैं, नेपाली कांग्रेसका नेता भक्ति सिटौला, नेकपा र्(एमाले) का नेता लक्ष्मी गुरागाई, नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगर उपाध्यक्ष मुक्तिनाग गुरागाई, जन आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक तुलसी अधिकारी, रेडक्रस सोसाइटी शिबसताक्षीका पूर्व अध्यक्ष लक्ष्मी ढकाल, नारायण दाहाल, उद्योग बाणिज्य संघ शिबसताक्षीका पूर्व अध्यक्ष भोला मैनाली, लगायतको उपस्थिति थियो ।
वडा सचिव बिमल बास्कोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा शिबसताक्षी नगरपालिका वडा नम्बर ६ शिबगञ्जकी कार्यपाकिला सदस्य गोमा रिजालले स्वागत गर्नुभएको थियो ।
