दमक, १७ जेठ–नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले आजदेखि दमकमा एक घर एउटा फुलफुलका विरुवारोपण अभियानको शुभारम्भ गरिएको छ । तत्कालिन जनयुद्धका शहिद दमक–२ का राजेन्द्र पोखरेलको घरमा आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले फलफूलका विरुवा रोपेर अभियानको उद्घाटन गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ले दमकमा आँप, लिची, कटर लगायतका फलफुलका १ लाख विरुवा रोपण गर्ने लक्ष्यसहित अभियान सञ्चालन गर्ने यसअघि पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
सो अवसरमा स्वास्थ्यमन्त्री कार्कीले दमक–२ मा निर्माणकार्य सम्पन्न भएर उद्घाटनसमेत भइसकेको दमक भ्यूटावरको स्थलगत अवोलकन समेत गर्नुभएको छ । मन्त्रिी कार्कीलाई पार्टी दमक नगर कमिटीले दमक भ्यूटावरलाई व्यापा्िरक केन्द्रसहितको अस्पताल बनाउन माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ । सो भ्यूटावर १८ तले छ ।
कार्याक्रममा मन्त्री कार्कीले दमकको भ्यूटावरलाई कसरी उपयोग गर्ने भन्ने स्थानीयको जनचासो रहेको अवस्थामा प्रादेशिक अस्पतालकोरुपमा लाने संभावना अध्ययन गरी नीति कार्याक्रम र बजेटको विषयमा छलफल गरिने बताउनु भयो ।
अभियानको शुभारम्भमा शहिद राजेन्द्रकी आमा कृष्णकुमारी पोखरेल, पार्टी झापा संयोजक राजु आचार्य, पार्टी प्रदेश कमिटी सदस्य बीरेन्द्र बस्नेत, प्रदेश नेता दुर्गा चौलागाई (श्रीकान्त), नेता बेदु गौतम, दमक नगर अध्यक्ष कुलबहादुर बस्नेत, गजेन्द्र लिम्बू, बन्दना नेम्बाङ, पार्टी दमक नगर कमिटीका नेता प्रशान्त भण्डारी लगायतको उपस्थिति थियो ।
शहिद राजेन्द्र पोखरेलको २०६० साल माघ ११ गते धादिङमा भएको भिडन्तमा २५ बर्षको उमेरमा देहान्त भएको थियो ।
