काठमाडौँ, १७ जेठ–नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागका उपलब्ध सदस्य र समाजवादी प्रेस संगठन नेपालका पदाधिकारी, तथा सदस्यहरूको बैठक सम्पन्न भएको छ।

बैठकमा आसन्न पत्रकार महासंघको निर्वाचनबारे छलफल भएको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो।

केन्द्रीय प्रचार विभाग सचिव खतिवडाकाअनुसार बुधबार पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको अध्यक्षता उक्त बैठक सम्पन्न भएको हो।

बैठकमा समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीले हालसम्म भएरगरेका संगठनका गतिविधिबारे प्रकाश पार्नु भएको थियो।

त्यस्तै, समाजवादी प्रेस संगठन नेपालका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठले महासंघको निर्वाचनबारे भइरहेका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *