भरमपुर (शिवसताक्षी), १७ जेठ–शिवसताक्षी नगरपालिका वडा नं। १ धरमपुरका सचिव नन्दिकिशोर भट्टराई कार्यलय परिषरमा कुटिएका छन् । हिजो वडा नं १ को कार्यलयमा जन्म दर्ता सच्याउन आएका दुई सेवाग्राहीले सचिव भट्टराईलाई कुटपिट गरेका हुन् ।
कुटपिट गरेको आरोपमा स्थानीय वडा नं १ निवासी सोमनाथ बजगाई र उनका दाजु घनश्याम बजगाईँलाई इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको छ । कार्यलयमा अराजक गतिविधी गर्दै सचिव माथि कुटपिट गरेको भन्दै शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले दोषिलाई कार्वाहीको माग गर्दै विज्ञप्ती जारी गरेका छन् ।
१२ वर्षअघि गाविसमा दर्ता गरेको जन्म दर्ता सच्याउनका लागि दुई दाजु-भाई सचिवका कार्यकक्षमा प्रवेश गरेका थिए । जन्म दर्ताको सबै काजगात अध्ययन गर्दा स्थलगत सर्जवीन बुझ्नुपर्ने भएकाले १७ गते सर्जवीन बुझी प्रकृया अगाडी बढाई दिन्छु भन्दाभन्दै अहिले तुरुन्दै गरिदे भन्दै गालीगलौज गरेको र केही समयपछि कार्यकक्ष बाहिर निस्केर कार्यालय परिसरमा चिया खादै गरेको मौका छोपी आक्रमण गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । आक्रमणबाट सचिवको सर्ट च्यातिएको, टाउको अठ्याएको र मुड्कीले हानी कुटपिट गरेको घटनाको घोर भर्सना गर्दै शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले कार्वाहीको माग गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ-‘हामी कर्मचारीहरु सदैव सेवा ग्राही र कार्यलयप्रति जवाफदेही हुँदा हुँदै प्रचिलत कानुनको परिधीभित्र रही सेवा प्रवाह गरिरहेको व्यहोरा सर्व विद्धितै छ । हामी कर्मचारीहरुले प्रचलित कानुन बमोजिम कार्य सम्पादन गर्नुपर्ने हुन्छ यदि कानुनको उल्लङ्घन गरे कानुनले नै सजायको समेत व्यवस्था गरेको सर्वविद्धितै छ ।’
जनताको सबैभन्दा नजिकको कार्यालयमा रही अहोरात्र कामगर्ने राष्ट्रसेवक कर्मचारी माथी भएको यस प्रकारको नियोजित तथा कानुनलाई हातमा लिई कानुनलाई नै चुनौची दिदै कार्यालय परिषरमै भौतिक आक्रमण गर्ने दोषीउपर कडा भन्दा कडा कारवाहीको माग गर्दछौं । साथै सहजगरी जनताको काम गर्ने वातावरण सृजना गरिदिन हुन नगरपालिका, स्थानीय प्रशासन समेतका सम्बद्ध निकायहरुमा जोडदार माग गर्दछौै ।

