झिलझिले, २० जेठ–नेपाली महिला राष्ट्रिय फुटबलर प्रिती राई झापाको शिबसताक्षी–११ झिलझिलेमा नगदसहित सम्मानित भएकी छन् ।
किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राई नगद ५५ हजारसहित सम्मान–पत्रद्धारा सम्मानित भएकी हुन् ।
राष्ट्रिय महिला फुटबलकी मिडििपल्डर राईलाई नेपाली महिलाकी मेसी उपनामले समेत चर्चित छन् । उनलाई किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले रु ३८ हजार ७ सयसहित सम्मानपत्रले कार्यक्रममा सम्मान गरिएको थियो ।
यायोक्खा, शिबसताक्षी नगर समितिका अध्यक्ष पशुराम रिङगालुङ राईको अध्यक्षताम भएको कार्यक्रममा प्रिती राईलाई शिबसतक्षी–८ को वडा कार्याालयले समेत नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो । त्यसैगरी, सतासीधाम जेसिज र नगर खेलकुद विकास समिति शिबसताक्षीले क्रमशः सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।
सोही कार्यक्रममा, उमेश राई (फुलेन्देकीआमा) र गायिका सुनिता थेगिमले साँगीतिक प्रस्तुती दिनुका साथै स्थानीय साकेला टोलीहरुले आ–आफ्नो शिली (नृत्य) प्रस्तुत गरेका थिए ।
