गोविन ल्वागुन/डुडामारी, २० जेठ–झापाको शिवसताक्षी–८ स्थित टोल नम्बर १ को घरहरुमा लिम्बु भाषा लिपीबाट निवास लिखिएको बोर्डहरु धमाधम राख्न थालिएको छ ।
स्थानीय युवासमाजसेवी हाल हङकङमा कार्यरत चापेता सेर्माको आर्थिक सहयोग तथा योजना अनुसार आनिपान यक्थुङ्ग लिपिमा बोर्डहरु राखन थालिएको हो । लिम्बू लिपि भाषा संरक्षण र उजागर गरौ भन्ने उदेश्यले यस्तो काम थालिएको युवासमाजसेवी चापेता सेर्माको भनाइ छ ।
वहाको अनुसार यो लिपि भाषा लोप हुँदै गइरहेको अवस्थामा मुख्यत याक्थुङ्ग (लिम्बू) समुदायले,अनिवार्य जान्नुपर्छ भन्ने अभियान हो । यो संगैं इच्छुक अन्य जाति वा समुदायले पनि बुझ्नु वा जान्न उपयुक्त हुन्छ, चापेताले भन्नुभयो । अहिले यो बोर्ड लिम्बु लिपिमा टासिरन्दा यो कुन अक्षर हो, कसैले मात्रै सोधेमा यो चै याक्थुङ्ग (लिम्बू लिपि) हो भनेर चिनाउन पनि यो एक उपलब्धी हुने वहाँले बताउनुभयो ।
रोजगारको शिलशिलामा हङकङ बसेर आफ्नो गाउ्रँघरको बिभिन्न सामजिक कार्यमा निक्कै सकृय चापेता सेर्माले आफ्नो जन्मभुमि र जन्मक्षेत्रमा बिभिन्न शिर्षकमा आर्थिक सहयोग साथै सकारात्मक कार्यहरु गर्दै आइरहनुभएको छ । लिम्बु लिपि बोर्ड हालसम्म करिब १ सय बढी घरहरुमा टाँस गरि सकिएको छ ।
डुडामारी बजार दक्षिण जुङ्गे चोकदेखि सेर्मा चोकहुदै सिमाना चोकसम्म र बिकास चोकदेखि फुलबारी चोकसम्म यो लिपिको बोर्ड टास गरि सकिएको बताइएको छ । जुङ्गे चोकहुदै माङ्हिम टोलदेखि दक्षिण इमानसिङ चोक र सिमाना चोकहुदै तुम्देन चोक उत्तरतर्फ बलेनी खोलाको बाँध र तुम्देन चोकहुदै दक्षिण बलेनी खोला पुलसम्मको घरहरुमा बोर्ड राख्ने योजना रहेको जनाइएको छ ।
यस्ता बोर्डहरुमा क्रमश ल्वागुन निवास (हिम), खत्री निवास,(हिम) आङदम्बे निवास (हिम), सेर्मा निवास (हिम), सम्बाम्फे, लावती, नेम्बाङ, निङ्ग्लेकु, तुम्रोक, ओझा रोक्का, भट्टराई, अधिकारी, श्रेष्ठ, आचार्य, रिजाल, मगर लगायतको जात–जातीको घरमा समेत यस्ता बोर्डहरु लिम्बु लिपिमा लेखेर टास गरि सकिएको छ ।
त्यसैगरी, शिवसतक्षी–११ स्थित सेर्मा टोलमा पनि सेर्मा हिम लेखेर बोर्ड टास गर्ने कार्य तिब्र रुपमा भैइरहेको स्थानीय ठाकुरसिह सेर्माले जानकारी दिएका छ्न । लिम्बु भाषा लिपिबद्द यस्तो बोर्ड टास गर्नाले गाउको पहिचन र लिपिको संरक्षण र प्रबर्धन हुने स्थानीयहरुको भनाइ छ ।
