राष्ट्रियसभा नेकपा (एमाले) संसदीय दलका नेता देवेन्द्र दाहाल

काठमाडौं, २० जेठ–राष्ट्रियसभामा नेकपा (एमाले) को तर्फबाट संसदीय दलका नेता देवेन्द्र दाहालले आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा झापामा निर्माण हुने औद्योगीकपार्कको विषय समेटेकोमा संसदमा प्रश्न उठाएका छन् ।

आइतवार राष्ट्रिय सभामा बजेटमाथि आफ्नो धारणा राख्दै नेता दाहालले झापामा निर्माणको प्रक्रिया अघि बढेको नेपाल–चीनमैत्री औद्योगीकपार्कको विषय किन नसमेटिएको भनेर प्रश्न गरेका हुन् ।

दमक नगरपालिका र कमल गाउँपालिकामा १२ सय बिगाह जमिन अधिग्रहण गरी निर्माणको क्रममा अघि बढेको सो औद्योगीकपार्क निर्माण कार्यको आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेमा समेत उनको जोड छ ।

राष्ट्रिय सभामा सत्तापक्षीय संसदीय दलका नेता समेत रहेका दाहालले कृषिक्षेत्रलाई प्राथमिकता दिएर ल्याएको बजेटले विभिन्न दूरगामी विषयहरुसमेत समेटेको उल्लेख गरे ।

५ लाख भूमिहीनलाई बसोबासको व्यवस्था मिलाउने जस्ता विषय जनमूखी र दीर्घकालीन महत्वका विषय भएको उनले बताए । तर, यी विषय कार्यान्वयनमा गम्भीर भएर लाग्नुपर्ने उनको भनाई थियो ।

आफ्नो सम्बोधनका क्रममा उनले अर्थमन्त्रीलाई केही प्रश्नसहित सुझाव पनि दिए । कृषि क्षेत्रलाई प्राथमिकता दिएको भनिएपनि सोही मन्त्रालयको बजेट कटौती मिल्दो नभएको उनको भनाई थियो ।

यस्तै, शिथिल अर्थतन्त्र उठाउने, राष्ट्रिय योजना आयोगको १६ औं पञ्चवर्षीय योजनाले प्राथमिकता दिएको विषय समेटिएका छन् कि छैनन् भनि दाहालले प्रश्न पनि गरे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *