काठमाडौं, ६ असार–सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

आज बिहान ६ बजे भैरहवाबाट जनकपुर जाँदै गरेको रात्रि बस र रोकिराखेको लहरीमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।

भैरहवाबाट जनकपुर जाँदै गरेको लु १ ख ८८४८ नम्बरको रात्रि बस रोकी राखेको एन एल ०१ एच ९२५२ को लहरीसँग ठोक्किँएर दुर्घटना भएको हो। २५ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ।

घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *