दमक, ६ असार–नेकपा (एकीकृत समाजवादी) को असार १६ देखि २० गतेसम्म काठमाण्डौंमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि झापाबाट १४ जना प्रतिनिधि छनौट भएका छन् ।

झापाको पाँचवटै निर्वाचन क्षेत्रबाट १४ जना पार्टीको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनौट भएका नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी सचिव बिपी भट्टराईले जानकारी दिनुभयो ।

सचिव भट्टराईका अनुसार एकीकृत समावादीको १०औं राष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा झापामा प्रतिनिधि बन्न इच्छा गर्दै उम्मेदवारी दर्ता गर्नेहरुको सयौंको संख्यामा थिए । भट्टराईले पार्टी केन्द्रीय कमिटीको विधानले निर्देशित गरेका विधी र प्रकृयामा रहेर झापाबाट पाँचवटै क्षिेत्रमा गठन भएको निर्वाचन समितिले १४ जना प्रतिनिधि छनौट गरेको र सो नाम र बिबरण केन्द्रीय कमिटीलाई पठाइएको बताउनुभयो ।

झापाबाट प्रतिनिधि छनौट हुनेहरुमा क्षेत्र नम्बर १ बाट शंकर थापा, पशुराम शंकर र सविता भेटुवाल छन् । थापा केन्द्रीय परिषद सदस्य हुन् । उनी पार्टीसम्बद्ध समाजवादी खेलकुद महासंघ कोशी प्रदेशका अध्यक्ष समेत हुन् । त्यस्तैं, पशुराम शंकर जिल्ला पार्टी कार्यालयका सचिव हुन् ।

क्षेत्र नंम्बर २ बाट प्रत्युष राना, बासुदेब दुलाल र श्रीप्रसाद सिटौला, कृष्णबहादुर लोहार र सरस्वती लिम्बु छन् । राना पार्टी जिल्ला कमिटी उपाध्यक्ष हुन् । त्यस्तैं, उनी युवा संघ नेपालका केन्द्रीय सचिव हुन् । दुलाल पार्टी जिल्ला कमिटी झापाका उपाध्यक्ष हुन् । सिटौला बिर्तामोड नगर अध्यक्ष हुन् ।

क्षेत्र नम्बर ३ बाट बेदराज रेग्मी र पदम सुब्बा छन् । रेग्मी पार्टी जिल्ला कमिटी झापाका अ्रध्यक्ष हुन् । सुब्बा जिल्ला कमिटी झापाका उपसचिव हुन् ।

क्षेत्र नम्बर ४ बाट नबिन इजम, कमल सापकोटा र मिरा प्रधान छन् । इजम जिल्ला कमिटी झापाका उपसचिव र शिबसताक्षी नगर अध्यक्ष हुन् । सापकोटा काठमाण्डौंमा व्यवसाय गर्छन् । उनी बागमती प्रदेश नेता हुन् ।

यता, क्षेत्र नम्बर ५ बाट अनिलदेब राई छन् । उनी पार्टीको १०औं महाधिवेशनका लागि क्षेत्र नम्बर ५ बाट एक्ला प्रतिनिधि हुन् । समाजवादी प्रेष संगठनका केन्द्रीय सदस्य राई जिल्ला कमिटी झापाका कार्यालय सदस्य हुन् ।

नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीका अनुसार सम्बन्धीत क्षेत्रबाट छनौट हुने प्रतिनिधिलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरिएको छ । १०औं महाधिवेशनका लागि झापासहित देशभरीबाट १ हजार ८ सय प्रतिनिधिहरु छानिएर काठमाण्डौंमा सहभागिता हुनेछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *