झलनाथ खनाल

काठमाडौँ, ८ असार–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीमा सबल र दुर्बल दुवै पक्ष रहेको प्रतिक्रिया दिएका छन्।

शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा गरिएको चियापान कार्यक्रममा उनले सञ्चारकर्मीसँग उक्त प्रतिक्रिया दिएका हुन्।

उनले नेपालका हरेक राजनीतिक पार्टीका सबल र दुर्बल दुवै पक्ष रहेको भन्दै रास्वपाको पनि त्यस्तै रहेको बताए। उनले रास्वपाले अब देशभक्तिपूर्ण, मुलुकमा आमूल परिवर्तनको पक्षमा काम गर्न आवश्यक रहेको पनि बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *