धरमपुर, १२ असार–झापाको शिवसताक्षी–३ साविक धरमपुर १ कमलझोडामा कमल खोला बस्तीतर्फ पस्दा सयौं विद्या जमिन डुवान गर्नुका साथै तीनघर परिवार विस्थापित भएका छन् । कमलधापका स्थानीय छविलाल दाहाल, धनमाया दाहाल र फुलामाया दाहालको घर–परिवार खोलाको कारण विस्थापित भएका हनु् ।

शिबसताक्षी–३ वार्डध्यक्ष भाष्कर न्यौपानेका अनुसार छविलाल र धनमाया दुई–दुई र फुलमायाको परिवारका चार जनालाई उद्दार गरी सुरक्षित स्थलमा सारिएको छ ।

तयाहाँ अहिले नेपाल प्रहरी र स्थानीयबासीले उद्धारकार्यमा सहहयोग गरिरहेका छन् । सयौँ बिघा जमिन डुबान भएको छ । कमल खोलाले गाउँतर्फ कटान सुरु गरेको छ ।

कमल खोलाको बाढीको कारण त्यहाँ खोतीका लागि तयार भएको डुवान भइरहेको छ । त्यस्तैं, खोलाको तीब्र कटानले शिवसताक्षी ३ र ४ को सीमामा रहेको कमल पुललाई पनि क्षति पुर्‍याउन सक्ने सम्भावना बढेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *