दमक, १३ असार–झापाको विर्तामोड–७ मा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार साँझ करिब ७ बजे विर्तामोड ७ फक्तालुङ (सिरान) टोलबाट ३० बर्षिय सुरेश पराजुलीको घरबाट अबैध सो हतियार बरामद भएको हो ।

पराजुलीले आफ्नै भाउजु गीता पराजुलीसंगको झगडा गरेका थिए । झगडा भएको सूचनापछि त्यहाँ पुगेको प्रहरी टोलीले घर कोठा लगायत आसपासको क्षेत्रमा छापा मारेको थियो ।

बिड सहितको १० इन्च लामो कटुवा पेस्तोल फेला परेको र पराजुलीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *