फाइल तस्विरः मृत हात्ती

मेचीनगर (धुलबारी), १३ असार–झापाको मेचीनगर-३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान हात्ती मृत अवस्थामा भेटिएको छ ।

अन्दाजी ९र१० वर्षको एउटा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आज बिहान ०७ः३० बजेको समयमा स्थानीयबासीले हात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले प्रहरी टोली घटनास्थल पुगेर सो ठाउँलाई सुरक्षित राखेको र हात्तीको मृत्युबारे थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भद्रपुर र मेची सबडिभिजन कार्यालय धाइजनबाट अनुसन्धान भइरहेको छ ।

वनका फिल्ड अफिसर कर्ण विश्वकर्मासहितको टोलीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हात्तीको पोस्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट विशेषज्ञको टोली आउँदै गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *