काठमाडौं, २५ असार–केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कोशी प्रदेशका एकदुई स्थानमा अति वर्षाको सम्भावना रहेको विभागका जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *