वामदेब गौतम

काठमाडौँ, ७ साउन–कम्युनिष्ट नेता वामदेव गौतमले पुष्पलालकै पालादेखि कम्युनिष्ट विभाजन सुरू भएको दाबी गर्नुभएको छ।

सोमबार पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ४६औँ पुष्पलाल स्मृति सभामा बोल्दै नेता गौतमले उक्त दाबी गर्नु भएको हो।

उहाँले भन्नुभयो, ‘नेपालमा पष्पलालले कम्युनिष्ट आन्दोलनको जग हाल्नुभयो। मार्क्सवादी विचारलाई विकास गर्नुभयो। तर,आफ्नो जीवनकालमै नेपालमा कम्युनिष्ट पार्टी विभाजन सुरूभयो। जो आजप्रयत्न जारी छ। हिजो पुष्पलालले पार्टी एकतावद्ध गर्न सकेनौँ। आज हामीले पनि पार्टीलाई एकतावद्ध राख्न सकेनौं।’

कम्युनिष्ट एकता नै पुष्पलालप्रतिको असली श्रद्धाञ्जली हुने बताउदै नेता गौतमले आफ्नो अबको यात्रा नेकपा ९एकीकृत समाजवादी० भएको बताउनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *