झलनाथ खनाल

काठमाडौँ, १० साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सौर्य एअरलायन्सको विमान दुर्घटनाबारे गम्भीर छानविन गर्न माग गर्नु भएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सम्मानित नेता खनालले बुधबार बिहान काठमाडौँदेखि पोखराका लागि उडेको विमान दुर्घटनाबारे गम्भीर छानविन गर्न माग गर्नुभएको छ।

जारी विज्ञप्तिमा भनिएको छ,‘आज बिहान ११ बजेर ११ मिनेटको समयमा सौर्य एयरलाइन्सको हवाईजहाज काठमाडौँबाट पोखरा तर्फ उडानको क्रममा विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको दुखद निधन भएको छ। यो घटनाले मलाई अत्यन्त दुखित र स्तब्ध बनाएको छ।

उक्त अकल्पनीय हवाईजहाज दुर्घटनामा हाम्रो पार्टीका नेता कमरेड उषा पोखरेल तथा कमरेड प्रकाश खतिवडाकी प्रिय छोरी प्रिजा खतिवडा, ज्वाई मनुराज शर्मा र नाती अधिराज शर्माको पनि दुखद निधन भएको छ। यस दुस्खद घडिमा वँहाहरु प्रति म भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै कमरेड उषा पोखरेल तथा कमरेड प्रकाश खतिवडा प्रति म गहिरो समवेदना प्रकट गर्दछु।’

जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त अकल्पनीय हवाईजहाज दुर्घटनामा दिवंगत हुनुहुने अन्य सबै यात्रुहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै वँहाहरुको शोक सन्तप्त परिवारजनप्रति पनि गहिरो समवेदना प्रकट गर्दछु। उपचाररत पाइलट मनीष शाक्यको पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

दुर्घटनाको वास्तविक कारण यथासम्भव छिटो पत्ता लगाउन, नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन र आउँदा दिनमा मानवीय तथा यान्त्रिक कमी कमजोरीहरु हुन नदिन तर्फ सजग हुन म नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *